Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले शेयरधनीलाई ८.४० % लाभांश दिने

सोमबार, २५ भदौ २०७५, ११ : १५ मा प्रकाशित

ज्योति विकास बैंकले शेयरधनीलाई ८.४० % लाभांश दिने

अर्थ संसार,काठमाडौं–  ज्योति  विकास बैंक लिमिटेडले आफ्नो शेयरधनीलाई ८.४० प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई उक्त लाभांश दिने निर्णय गरेको हो ।

नगद लभांशाबाट प्राप्त हुने रकमबाट खण्डिकृत शेयरमा रहेको भिन्न अंक थप गरी पूर्ण शेयर कायम गर्ने तथा हकप्रद शेयर वितरण गर्दाको अवस्थामा प्राप्त हुने बाँकी शेयरधनीहरुको खण्डिकृतमा अवस्थित भिन्न रकम तथा कर  वापत बुझाउने पर्ने कट्टा गरेर बाँकी रकम मात्र शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैठकले पस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

5b96033a758b5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको