Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले गर्यो विद्यालयलाई कम्प्युटर सहयोग

मंगलबार, २६ भदौ २०७५, ०७ : ०३ मा प्रकाशित

जनता बैंकले गर्यो विद्यालयलाई कम्प्युटर सहयोग

अर्थ संसार, काठमाडौं- जनता बैंक नेपाल लिमिटेडद्वारा दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई ४ (चार) थान कम्प्युटर हस्तान्तरण गरिएको हो । बैंकका दार्चुला शाखा प्रमुख प्रकाश दत्त भट्टले एक समारोहका बिच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

दार्चुला जिल्लाको विकट क्षेत्रमा रहेको उक्त विद्यालय सदरमुकाम खलंगाबाट ४ घण्टाको पैदल दुरीमा रहेको छ ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक श्री गीता कुँवरले जनता बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरुको कम्प्युटर सिकाईलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहने बिचार ब्यक्त गर्नुभयो ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको छ ।

बैंकले हाल देश भरीबाट १२२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ्ग एकाईर २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

5b971911b29ce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको