Like us!
Follow us!
Connect us!
Watch us!

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

बुधबार, २७ भदौ २०७५, ०८ : ४७ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

अर्थ संसार, रत्ननगर– अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि साँझदेखि एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । दुई तिरबाट पहिरो हटाउने काम भइरहेकाले आजदेखि दुईतर्फी सडक खुलाइने ढकालले बताउनुभयो ।

सडक एकतर्फी खुलाएर गए रातिदेखि सवारीसाधनको चाप कम गराइ सहज पारिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताउनुभयो । दिनभरको जामका कारण मुग्लिन–कुरिनटार क्षेत्रमा दोहोरो रुपमा सयौँ सवारीसाधन जाममा परेका कारण सडक खुलाउन बढी समय लागेको हो ।

पछिल्लो समय नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने क्रम जारी छ । सडक अवरुद्ध हुँदा तीज मनाउन हिँडेका महिला बढी समस्यामा परेको बताइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको