अर्थ संसार,काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बिहीबार दुई नयाँ शाखा खोली सेवा शुरु गरेको छ । इन्स्योरेन्सले आफ्नो  ३८ औं शाखा काठमाडौंको बौंद्ध र ३९ औं शाखा कलंकीमा  खोलेको हो ।
यी दुई बौद्ध र कलंकीमा खोलिएको नयां शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं र कम्पनीका अध्यक्ष मनोहर दास मूलले संयुक्त रुपमा गर्नुभएको थियो ।
कम्पनीले बिहीबार नै सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन गरियो । उत्त एप्सको सहायताले ग्राहकहरुले मोबाइलबाट नै FAIR Underwriting, SMART Claim Services   को सुबिधा प्राप्तगर्न र कम्पनीका अन्य विषयहरुको बारेमा जानकारी लिन सकिनेछ ।
हालै मात्रसंयुक्त अधिराज्यमा रहेको United Registrar of Systems  बाट गरिएको बिस्तृत लेखापरीक्षण पश्चात यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ISO Standard Certificate,ISO 9001 : 2015 प्रदान गरिएको कम्पनीले जनाएको छ ।बिगतमाझैं आगामी दिनमा पनि हामी हाम्राग्राहकहरुलाई स्तरीय सेवाप्रदान गर्ने प्रतिवद्धता कम्पनीले गरेको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस