बैङ्कको गत असार २८ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले आव २०७३/७४ को मुनाफाबाट १३ दशमलव २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, नयाँ सञ्चालक समिति चयन गरेको छ । उक्त नयाँ चयन भएको सञ्चालक समितिको अध्यक्षमा प्रकाश श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
-
बैङ्कले अघिल्लो आवको तुलनामा खुद मुनाफामा ११ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आव १ अर्ब ३९ करोड रुपैयाँ कमाएको बैङ्कले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ कमाएको छ । यही समयमा चुक्तापूँजी २६ प्रतिशत वृद्धि भयो ।
-
पूँजीवृद्धिको अनुपातमा खुद मुनाफाको वृद्धि सुस्त हुँदा बैङ्कको प्रतिशेयर आम्दानीमा सङ्कुचन आएको देखिन्छ । प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७५ पैसाबाट घटेर २१ रुपैयाँ ८४ पैसामा सीमित भएको छ ।
-
कम्पनीले ७७ अर्ब ३० करोड निक्षेप सङ्कलन गरेको छ भने ६८ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप ११ प्रतिशत वृद्धि भयो भने कर्जा प्रवाह १६ प्रतिशत वृद्धि भएको छ ।
-
प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेको छ । कम्पनीले यस अवधिमा खुद ब्याज आम्दानीबापत ३ अर्ब ११ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, बैङ्कको सञ्चालन नाफा १४ प्रतिशत वृद्धि भएर २ अर्ब १६ करोड पुगेको छ ।
-
खुद शुल्क तथा कमिशन आम्दानी १२ प्रतिशत बढेर ४७ करोड ५ लाख रुपैयाँमा पुगेको छ ।
-
यो त्रैमासमा बैङ्कको निष्क्रिय कर्जामा सामान्य वृद्धि भएको छ । निष्क्रिय कर्जा १ दशमलव २९ प्रतिशतबाट बढेर १ दशमलव ३२ प्रतिशत पुगेको छ । त्यस्तै, बैङ्कले निष्क्रिय कर्जाका लागि १५३ दशमलव ८४ प्रतिशत रकम प्रोभिजन गरेको छ ।
-
बैङ्कले प्रकाशन गरेको प्रकाशित चौथोे त्रैमासको वित्तीय विवरणअनुसार कोषको लागत ७ दशमलव ८७ प्रतिशत, आधार ब्याजदर १० दशमलव ६७ प्रतिशत र वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ छ ।

निष्कर्ष :
समीक्षा अवधिमा बैङ्कको समग्रमा वित्तीय सूचकमा सन्तोषजनक सुधार गरेको देखिए तापनि निक्षेप सङ्कलन र कर्जा प्रवाहमा अझै केही सुस्त देखिन्छ । साथै, राष्ट्र बैङ्कले तोकेको न्यूनतम ८ अर्ब चुक्तापूँजी हासिल गर्न बैङ्कले १३ प्रतिशत पूँजी थप्नुपर्ने देखिन्छ ।
प्राविधिक विश्लेषण : बैङ्क अफ काठमाण्डू प्रतिरोध क्षेत्रमा




प्रतिक्रिया दिनुहोस