अर्थ संसार, काठमाडौँ- सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । तायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दुरीमा चल्ने सवारी साधनको नयाँ भाडा दर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो ।
विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडा दर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४ तिर्नुपर्नेछ । साविकमा रु १३ न्यूनतम भाडा भएपनि सवारी साधनले यात्रुसँग रु १५ लिदै आएका थिए ।
नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म रु १६, छ किलोमिटरसम्म रु १७, आठ किलोमिटरसम्म रु १८, दश किलोमिटरसम्म रु २१, तेह्र किलोमिटरसम्म रु २३, सोह्र किलोमिटरसम्म रु २५, उन्नाइस किलोमिटरसम्म रु २६ र सो भन्दा माथि रु २७ भाडा कायम भएको छ ।
विभागले हाल भाडादर समायोजन गर्दा डिजलको मूल्य प्रतिलिटर रु १०१ रु पेट्रोलको मूल्य रु ११४ को आधारमा गरिएको जनाएको छ । पेट्रोलियम पदार्थमा रु पाँच भन्दा बढीले घटबढ भएमा नयाँ भाडादर कायम गरिने विभागले जनाएको छ ।
यस्तै चक्रपथ बाहिर चार किलोमिटर भन्दा बढी दुरी भएमा प्रति किमी दुई रुपैयाँ पाँचका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ । तराईको लामो दुरी अर्थात् २५० किलोमिटर भन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसको लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ ।
तराई र उपत्यकामा २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दुरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुबहाक बस, मिनिबसको लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९५ भाडा दर र काठमाडौँ– पोखरा र पोखरा नारायण्गढ खण्डको लागि प्रति किलोमिटर दुई रुपैयाँ नौ पैसा भाडा कायम गरिएको छ ।
यस्तै मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको प्रतिकिलोमिटर भाडा दर रु ३९ कायम गरिएको छ । प्रति २०० मिटरमा साविकको रु सातलाई बढाएर सात रुपैयाँ ८० पैसा कायम गरिएको छ । त्यस्तै पर्यटक ट्याक्सीको भाडा रु ४८१ रहेकोमा आल बढाएर रु ५२९ पुर्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटक ट्याक्सीको हकमा उक्त भाडादर कायम हुनेछ ।
उक्त दर पाँच किलोमिटरको हकमा मात्रै लागू हुनेछ । सो भन्दा बढी भएमा रु एक हजार १५७ सम्म कायम गरिएको छ । विभागले देशभरका ५०१ गन्तव्यको नयाँ भाडा दर कायम गरेको हो ।
यस्तै माल सामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ ।
मालबहाक ट्रक तथा कन्टेनरकोह कमा विरगन्ज– काठमाडौँको भाडा रु २० हजार ७७३, विरगन्ज– पोखरा रु १८ हजार ८८३ कायम भएको छ भने काकडभिट्टा– महेन्द्रनगरको भाडा रु ४५ हजार १८९ कायम गरिएको छ ।
कुन स्थानमा जान कति भाडा
काठमाडौँ–सिलगढी रु १६७५
काठमाडौँ –इलाम रु १३४८
काठमाडौँ– ऊर्लाबारी रु १०८४
काठमाडौँ– कटारी रु ८०४
काठमाडौँ– कलैया रु ५६३
काठमाडौँ– काकडभिट्टा रु ११७२
काठमाडौँ– कुमारखोज (झापा) रु ११७२
काठमाडौँ– कुरिटार रु २०९
काठमाडौँ– कृष्णनगर रु ६८६
काठमाडौँ– कोठियाघाट रु ११३६
काठमाडौँ–खोपासी रु ८४
काठमाडौँ–गल्छी रु ९९
काठमाडौँ– गाइघाट रु ८६८
काठमाडौँ– गलरिया रु १०९१
काठमाडौँ– गोरखा रु ३०७
काठमाडौँ– गोलधाप रु ११६९
काठमाडौँ – गौर रु ६५१
काठमाडौँ– गौरीगन्ज रु ११२३
काठमाडौँ – महोत्तरी रु ७१३
काठमाडौँ– चिासापानी कर्णाली रु ११००
काठमाडौँ– चौतारा रु १९५
काठमाडौँ– जनकपुर रु ७३६
काठमाडौँ– जलेश्वर रु ७६५
काठमाडौँ– जिरी रु ५३२
काठमाडौँ– तातोपानी रु २७५
काठमाडौँ– त्रिशुली रु १७५
काठमाडौँ– धनगढी रु १३२१
काठमाडौँ– साँफेबगर रु १८७३
काठमाडौँ– धरान रु १०४१
काठमाडौँ– धादिङबेसी रु १८४
काठमाडौँ– धुन्चे रु २९७
काठमाडौँ– धुलीखेल रु ६३
काठमाडौँ– नारायणगढ रु ३०७
काठमाडौँ– नारायणगढ– हेटौडा रु ४५३
काठमाडौँ– नेपालगन्ज रु १०२५
काठमाडौँ– पनौती रु ६३
काठमाडौँ– पोखरा रु ४२८
काठमाडौँ– बालिङ रु ५८५
काठमाडौँ– फत्तेपुर रु ९२२
काठमाडौँ– भालुवाङ –प्यूठान रु ९२८
काठमाडौँ– भैरहवा रु ५६१
काठमाडौँ– मसटहानी रु ७८४
काठमाडौँ– मलंगवा रु ६७१
काठमाडौँ– महेन्द्रनगर रु १३३२
काठमाडौँ– मेलम्ची रु १६२
काठमाडौँ– राजगढ रु ११६६
काठमाडौँ– बाग्लुङ रु ६०८
काठमाडौँ– विरगन्ज रु ५४०
काठमाडौँ– सिन्धुली रु ७३५
काठमाडौँ– सुर्खेत रु १२११
काठमाडौँ– सिराहा रु ८००
काठकडौँ– बुटवल रु ५१९
काठमाडौँ– स्याङजा रु ५१०
काठमाडौँ– तम्घास रु ८४०
काठमाडौँ– तानसेन रु ६१५
काठमाडौँ–धनकुटा रु १२०१
काठमाडौँ– वसन्तपुर रु १३२२
काठमाडौँ– सन्धीखर्क रु ७८८
काठमाडौँ–सल्यान रु ७९९
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस