रिडी हाइड्रोपावरको वार्षिक साधारणसभा : शेयरधनीलाई ६% बोनस शेयर, १ः१ को अनुपातमा हकप्रद र ऋण स्वीकृत (अर्थ संसार कभरेज )
शनिबार, २० असोज २०७५, १६ : ५१
मा प्रकाशित
अर्थ संसार, काठमाडौं– रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
इन्द्रेणी ब्याङ्कवेट, नयाँ बानेश्वर काठमाडौंमा भएको वार्षिक साधारणबाट आफ्ना शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश पारित पारित गरेको छ ।
त्यसैगरी कम्पनीले २०७४/७५ को बोनस शेयर बाँडडफाँड पश्चात कायम हुने चुक्ता पुँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीले निर्माण गर्न लागेको बुटवल सोलार आयोजना (८.५ मे.वा) का परियोजना ऋण स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारणसभाले संचालकमा गुरु प्रसाद न्यौपाने, बच्छराज तातेड, कुवेरमणि नेपाल, रमेश प्रसाद न्यौपाने र साइका भण्डारी निर्वाचित हुनु भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस