अर्थ संसार, काठमाडौं- हिजोआज सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भैरहेको छ । फेसबुक र टि्वटरमा बहसको विषय बनेको छ । तस्वीरमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली राष्ट्रपति विद्यादेवी भण्डारीका सामु दशैंको टीका थाप्न दुबै घुँडा टेकेर उभिएका छन् ।
हेरौ यो फोटो माथिको केही टिप्पणी
उठेका प्रश्न माथि हाम्रो प्रश्न
१. विरोधको लागि विरोध,राष्ट्रप्रमुखलाई विवादमा तान्ने कोसिस त होइन?
२ . आफू भन्दा ठूलोको सामु झुकेर टीका सगै आशिर्वाद थाप्नु हाम्रो बडा दसैंको परम्परा होइन र ?
३ . सल्लाहकार र कर्मचारीको पो लापरबाही हो कि ?
४ . राष्ट्रप्रमुख सबैको हैनन र ? राष्ट्रको इज्जत होइनन र ? काँग्रेस वा कम्युनिस्ट भन्न मिल्छ र ?
५ .आफ्नो पिताको हातबाट टीका ग्रहण गर्दा दुबै हात जाेडेर सिर निहुराउदा गर्व लाग्छ । उहाँ राष्ट्रको पिता हो। अब सोच्नुहोस ??
जे होस अर्को वर्ष टिका थाप्न जानेलाई नि सानो कुर्सी को व्यवस्था गरियोस ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस