सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशका लागि आह्वान गरेको दरखास्त रद्द गरेको छ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द भएको जानकारी दिएको छ ।
मन्त्रालयले कार्यविधि बनाई दरखास्त आह्वान गर्ने प्रावधान रहेको भन्दै गत असार २ गते खुलाएको दरखास्त रद्द गरिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले असार २ गते १५ दिनको म्याद राखेर बिमा बोर्डको कार्यकारी निर्देशक सहित स्वास्थ्य बिज्ञान प्रतिष्ठाका उपकुलपतिको लागि दरखास्त आह्वान गरेको थियो। बोर्डको प्रमुख कार्यकारी निर्देशक बन्न असार १६ गते दरखास्त दिएका १२ जनाको नाम सार्वजनिक समेत गरेको थियो। तर, कार्यकारी निर्देशक चयन गर्ने समयमा आएर स्वास्थ्य मन्त्रालयले दरखास्त नै रद्द भएको सूचना निकालेको छ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकको पद महिनौँदेखि खाली रहेको छ । अहिले नर्सिङ् अधिकृत सकुन्तता प्रजापतिलाइ कामकार्वाही गर्न बोर्डको निमित्त कार्यकारी निर्देशकको रुपमा मन्त्रालयले पठाएको छ । बोर्ड एकै पटक कार्यकारी निर्देशक र अध्यक्ष खाली अबस्थामा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस