Like us!
Follow us!
Connect us!
Watch us!

रघुगङ्गा जलविद्युत् आयोजनाको ठेक्का सम्झौता रद्द

आइतबार, ११ कार्तिक २०७५, ०८ : २८ मा प्रकाशित

रघुगङ्गा जलविद्युत् आयोजनाको ठेक्का सम्झौता रद्द

अर्थ संसार, म्याग्दी– १८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ ।

पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता रद्द गरिएको रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिनुभयो ।

पुरानो सम्झौता रद्द भएपछि बाँकी काम नयाँ प्रक्रियाबाट पूरा गरिने उहाँले बताउनुभयो । ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवासको लागि रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा १८ महीनामा १० वटा भवन बनाउन कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले रु ११ करोड १० लाख ६७ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

२०६७ कात्तिक ४ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले हालसम्म चार वटा भवन बनाएर आयोजनाको प्रर्वद्धक प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोलाई बुझाए पनि एउटा भवनको जगसमेत हालेको छैन ।

ठेकेदारको चरम ढिलासुस्ती र लापर्बाहीका कारण अन्य भवन अलपत्र अवस्थामा रहेका रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष जीवन मल्लले बताउनुभयो । भवन निर्माण पूरा नहुँदै जीर्ण र थोत्रिन थालेपछि स्थानीयवासी, सरोकारवाला र जनप्रतिनिधिले दबाब दिएका थिए ।

ठेकेदारले ढलान गरेर भवन ठड्याए पनि पलास्टर, रङ्गरोगन, विद्युत्, खानेपानी जडान गर्न बाँकी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको