Like us!
Follow us!
Connect us!
Watch us!

सहाराले १० लाख ४४ हजार कित्ता हकप्रद शेयर लिलाममा बिक्री गर्ने

सोमबार, १२ कार्तिक २०७५, १४ : २६ मा प्रकाशित

सहाराले १० लाख ४४ हजार कित्ता हकप्रद शेयर लिलाममा बिक्री गर्ने

अर्थ संसार, काठमाडौं– सहारा विकास बैंक लिमिटेडले  १० लाख ४४ हजार २ सय ५६ कित्ता अवितरित हकप्रद सेयर लिलामबिक्री गर्ने भएको छ ।

बिक्री गरिने सेयरमध्ये ९ लाख २८ हजार २ सय ४८ दशमलव ७० कित्ता संस्थापक सेयर रहेको छ भने १ लाख १६ हजार ७ दशमलव ३० कित्ता सर्वसाधारण सेयर रहेको छ ।

कम्पनीले जेठ ६ गतेदेखि असार २४ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर बिक्री गर्न लागेको हो । सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेस गर्नुपर्नेछ । लगानीकर्ताले संस्थापक सेयरको लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण सेयरका लागि न्यूनतम १ सय कित्ताका लागि सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले कात्तिक १८ गतेदेखि मंसिर ५ गतेसम्ममा सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआइबिएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगन्ज र विराटनगर शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढी शाखा कार्यालय तथा सहारा विकास बैंक, सर्लाहीबाट सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको