Like us!
Follow us!
Connect us!
Watch us!
३२६ प्वाइन्ट रगत संकलन गरी रेडक्रसलाई हस्तान्तरण

साँग्रिला डेभलपमेन्ट बैंक १५ औ बर्षमा प्रवेश !

बुधबार, १४ कार्तिक २०७५, ०८ : २८ मा प्रकाशित

साँग्रिला डेभलपमेन्ट बैंक १५ औ बर्षमा प्रवेश !

अर्थ संसार, काठमाडौं– काठमाण्डौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं बर्ष सफलतापूूर्वक पुुरा गरि १५ औं बर्षमा प्रवेश गरेको छ ।

यस सुुखद–अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौं, कलष्टर कार्यालयहरु, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारी, शुभचिन्तक तथा सर्वसाधारणद्वारा रक्तदान गरि कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अवसरमा केन्द्रीय कार्यालय बालुुवाटार काठमाण्डौमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन गरि सम्बन्धित नेपाल रेडक्रस सोसाइटी कार्यालयलाई हस्तान्तरण गरेको छ ।

मुुलुुकभर सातवटै प्रदेशमा गरि ६८ वटा शाखाहरुबाट  अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले १८ वटा ए.टी.एम. तथा ५ शाखाहरुबाट लकर सुविधा लगायत ६ वटा शाखा इकाइबाट  लघुुबित्त सेवा समेत प्रवाह गर्दै आई रहेको छ । यस विकास बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता ब्यक्त बैंकले गरेको छ ।

यस विकास बैंकलाई बिगत चौध बर्ष देखि आजको यस दिनसम्म ल्याई पुुरर्याउन निरन्तर सहयोग गर्नुुहुुने ग्राहक महानुभावहरु, शेयरधनी महानुुभावहरु, सञ्चालकज्यूूहरु, बैंकमा अहोरात खटिई सेवा गर्ने मानव संशाधन परिवार, शुभेच्छुकहरु तथा सम्पूूर्ण नियमनकारी निकायहरु एवं सहयोगी निकायहरु एवं सहयोगी संस्थाहरुलाई धन्यावाद दिइएको छ ।

5bd9196b95658.jpg 5bd9198a60ebe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको