Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई नर्भिकमा विशेष छुट : स्वास्थ्य प्याकेजमा ३०% हुँदा अरुमा कति ?

शुक्रबार, १६ कार्तिक २०७५, १० : ५९ मा प्रकाशित

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई नर्भिकमा विशेष छुट : स्वास्थ्य प्याकेजमा ३०% हुँदा अरुमा कति ?

अर्थ संसार, काठमाडौं– नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तराष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र नर्भिक अन्तराष्ट्रिय अस्पताल बिच सम्झौता भएकोे छ ।

उक्त सम्झौता बमोजिम नर्भिक अन्तराष्ट्रिय अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई निम्न बमोजिमका विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ :

  •  नर्भिक वार्षिक स्वास्थ्य प्याकेजहरुमा ३०% को विशेष छुट ।

  • Pathology, Radiology CT/MRI Scan, Mammogram, Cardiac Non-Invasive examinations, Surgical Charges लगायत शल्यक्रिया शुल्कहरुमा १०% को विशेष छुट ।

  •  अस्पताल भर्ना हुंदा लाग्ने Bed Charges मा ५% को विशेष छुट

माथि उल्लिखित छुटहरुका साथै नर्भिक अन्तराष्ट्रिय अस्पतालले नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई छिटो चिकित्शा सेवाहरु प्रदान गर्न तत्पर रहनेछ । साथै आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप नर्भिक इन्टरनेशनल अस्पताल संगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ । ” नबिल बैंक लिमिटेडका प्रमुख खुद्रा बैकिङ  निरज शर्माले भन्नुभयो ।

“नेपाली नागरिकहरुलाई अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा हामीलाई धेरै खुशि लागेकोछ र यो सम्झौताले सेवामा हामि थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं ।” नर्भिक अन्तराष्ट्रिय अस्पतालका कार्यकारी निर्देशक  राजेन्द्र बहादुर सिहंले भन्नुभयो ।

थापाथली स्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल एक सुविधा सम्पन्न १५० बेड सहितको स्वास्थ्य संस्था हो । अस्पतालमा ३५ विशेसज्ञ विभाग र एक वेलनेश सेन्टर रहेकोछ । बहु–विशेषता भएको सो अस्पताल बिरामीहरुको निरन्तर सेवामा उन्मुख रहंदै आधुनिक उपचार प्रकृया अपनांउदै आएको छ ।

नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, ११८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको