शंखर पहाडी(गौरब)
अर्थ संसार, सिन्धुली– २०७२ सालमा गएको भूकम्पपछिको पुनःनिर्माण कार्य सिन्धुलीमा सुस्त भएको छ । विनासकारी भुकम्प गएको करिब ४२ महिना बिति सक्दा पनि सिन्धुलीका करिब ३० प्रतिशत भूकम्प पीडितले मात्र आवास अनुदानको पुरै किस्ता लिएका छन ।
सिन्धुलीका भूकम्प पीडितहरु ३९ हजार ८ सय ४१ मध्ये नेपाल सरकारले वितरण गरेको आवास अनुदान लिएर निजि आवास बनाउने लाभग्राहीको संख्या ११ हजार २ सय १८ रहेको छ । नेपाल सरकारको मापदण्ड अनुसार निजि आवास पुन निर्माण गरी ११ हजार २ सय १८ लाभग्राहीले पुरा रकम लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ सिन्धुलीले जनाएकोे छ ।
जसमा ३३ हजार १ सय लाभग्राहीले पहिलो,२४ हजार ८ सय २४ ले दोस्रो किस्ता बापतको रकम लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ सिन्धुलीका प्रमुख श्यामसुन्दर मिश्रले अर्थ संसार सिन्धुलीलाई जानकारी दिनु भयो ।
पहिलो चरणमा ३४ हजार २ सय ७९ लाभग्राही अनुदानको सूचिमा परेका थिए । त्यसपछि आफुहरु लाभग्राहीको सूचिमा नपरेको भन्दै २८ हजार ६ सय २६ जनाले गुनासो फारम भरेका थिए । जसमध्ये ५ हजार ५ सय ७२ जना लाभग्राहीको सूचिमा समावेश भएका मिश्रले बताउनु भयो ।
त्यसपछि सिन्धुलीमा अब भूकम्पको अनुदान पाउने ३९ हजार ८ सय ४१ लाभग्राही भएका उनको भनाइ छ । वर्षायाम सुरु हुनु भन्दा पहिला नीजि आवास पुन निमार्ण कार्यले तीब्रता पाएको भएपनि हिउँदयाम सुरु भएपछि अन्नबाली थन्क्याउने तथा खेतबारीको काममा व्यास्त रहेका कारण पुन निर्माण कार्यले तीब्रता नलिएको हो ।
निर्माण सामाग्रीको क्रितिम अभाव, कालोबजारी, दक्ष कामदारको अभाव, जग्गा र प्राविधिक जनशक्तीको अभावका कारण पुन निर्माण कार्यले तिब्रता पाउन नसकेको भुकम्प पीडितहरु बताउँछन ।
सरकारी मापदण्ड झन्झटिलो भएको र कतिपय राजनैतिक कारण पनि आफुहरुले सास्ती खेप्नु परेको उनि हरुको भनाई छ । ‘घरमा बस्न सक्ने स्थिती छैन, अर्काे काठेघर बनाएर बसेका छौँ, राजनैतिक आग्रह पुर्व आग्रहका कारण आफूहरुलाई भूकम्प पीडितको सुचिमा समाबेश गरिएन’ सिन्धुलीको तिनपाटन १० का लिलाप्रसाद पहाडीको भनाई छ । मेरो जस्तो घर भूकम्प पीडितको सूचिमा नपर्दा सिन्धुलीका कस्ता घर भूकम्पन पीडितको सूचिमा परेका छन आफुलाई हेर्न मन लागेको पहाडीको भनाई छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस