Like us!
Follow us!
Connect us!
Watch us!

तुलाधरको योगदान नेपाल र नेपालीले स्मरण गरिरहने छन् - राष्ट्रपति

आइतबार, २५ कार्तिक २०७५, १६ : ०३ मा प्रकाशित

तुलाधरको योगदान नेपाल र नेपालीले स्मरण गरिरहने छन् - राष्ट्रपति

अर्थ संसार, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले स्व तुलाधरकी धर्मपत्नी नीलशोभालाई आज समवेदना सन्देश पठाउँदै देश, जनता र लोकतन्त्रप्रति समर्पित साहसी तथा अथक योद्धा एवं पूर्वमन्त्री तुलाधरको असामयिक निधनले आफूलाई अत्यन्त दुखित तुल्याएको बताउनुभएको छ ।

समवेदना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “सदैव नागरिक स्वतन्त्रता, शान्ति, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्ने उहाँ एक निर्भीक, लोकप्रिय र जनपक्षीय नेता हुनुहुन्थ्यो ।”

भाषा र संस्कृतिको उत्थान, संरक्षण एवं सम्वद्र्घनमा उहाँको अगुवाइ र सक्रियता उल्लेखनीय रहेकाले उहाँको योगदान नेपाल र नेपालीले सदा स्मरण गरिरहने राष्ट्रपति भण्डारीले सन्देशमा विश्वास व्यक्त गर्नुभएको छ । “मुलुकलाई अपूरणीय क्षति पुगेको यस दुःखद क्षणमा स्वर्गीय तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु” समवेदना सन्देशमा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको