Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकले आकार ठूला बनाउँदै, ओमलाई प्राप्ति गर्ने

आइतबार, २५ कार्तिक २०७५, १८ : ४३ मा प्रकाशित

प्राइम बैंकले आकार ठूला बनाउँदै, ओमलाई प्राप्ति गर्ने

अर्थ संसार, काठमाडौँ– प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति ९एक्विजिसन० गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि सैद्धान्तिक स्वीकृति दिएको र त्यसको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएको छ ।

ओमलाई प्राप्ति गरेपछि प्राइमको कूल चुक्ता पूँजी रु १० अर्बमाथि पुग्नेछ । हाल दुवै बैंकको सम्पत्ति मूल्याङ्कनको काम भइरहेको छ । कास्कीलाई केन्द्र बनाएर कारोवार गरिरहेको ओमको कूल शाखा ५५ रहेका छन् भने ‘क’ वर्गको प्राइमको ६५ शाखा सञ्चालनमा छन् ।

सैद्धान्तिक सहमति प्राप्त गरेको तीन महीनाभित्रमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार वित्तीय संस्था एकापसमा गाभिने प्रक्रियाका लागि साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी सक्नुपर्नेछ । पछिल्लो दिनमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई गाभ्न प्रेरित गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको