Like us!
Follow us!
Connect us!
Watch us!

अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठी माताको आराधना (फोटोफिचर)

मंगलबार, २७ कार्तिक २०७५, २० : १९ मा प्रकाशित

अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठी माताको आराधना (फोटोफिचर)

अर्थ संसार, काठमाडौँ–छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ अन्त्य हुन्छ । गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको छ । लाखौँ भक्तजनले आज बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नदीको बीच भागमा बनाइएको छठी माताको मूर्तिमा पूजाआराधना गर्नुभयो । उहाँलाई श्री छठ पूजा समितिका पदाधिकारीले गुह्येश्वरी नदी क्षेत्रमा स्वागत गरेका थिए ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताउनुभयो ।

आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

बुधबार छठ सकिएपछि नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

सफाइमा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मी लगायतको सहभागिता रहने जनाइएको छ । चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीले बताउनुभयो । रासस

5beae26ce587d.JPG 5beae27021b73.jpg 5beae2868e62b.JPG 5beae28886b82.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको