अर्थ संसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा उल्लेखिय नाफा कमाउन सफल भएको छ । बैंकले यस त्रैमाससम्म २८ करोड माथि कमाउन सपल भएको छ । सोही अवधिमा गत वर्ष १६ करोड ४५ लाखमा सीमित भएको थियो ।
यस्तै, २५ करोड १४ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ४६ करोड ९१ लाखको उचाईमा पुगेको छ ।यस्तै, ३४ करोडमा सीमित संचालन नाफा समेत बढेर ६१ करोड ३० लाख माथि पुगेको छ । यसरी खूद नाफा र संचालन मुनाफामा क्रमशः ८६.५४ प्रतिशत र ८०.२० प्रतिशतको फड्को मारेको देखिएको छ ।
व्यवसाय बिस्तारमा आक्रामक बनेका कारण खूद ब्याज आम्दानीतर्फ बैंकले १३२.४६ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्ष यही अवधिमा ३४ करोड ७६ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ८० करोड ८० लाखको उचाईमा पुगेको हो ।
समीक्षा अवधिमा एनसीसी बैंकले ६२ अर्ब ८४ करोड निक्षेप संकलन गरी ५७ अर्ब ३० करोड बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा निक्षेपतर्फ १.७५ प्रतिशत र कर्जातर्फ १९.३८ प्रतिशतको प्रगति भएको देखिएको छ ।
अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३ अर्ब ५१ करोडमा सीमित रिजर्बकोषमा समीक्षा अवधिसम्म ४ अर्ब ९० करोड रुपैयाँ सञ्चित भएको छ ।
अघिल्लो वर्ष ३.८९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटाएर ३.६९ प्रतिशतमा झार्न बैंक सफल देखिएको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी९इपीएस०मा १२३.३६ प्रतिशतको फड्को मार्ने सफलता समेत बैंकले पाएको छ । अघिल्लो वर्ष यही अवधिमा १७.९६ रुपैयाँ रहेको इपीएस बढेर यो वर्ष ४०.११ रुपैयाँ कायम भएको हो ।यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २०४.७४ रुपैयाँ कायम भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस