Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशियाले १० प्रतिशत बोनस शेयर दिने

आइतबार, ०२ मंसिर २०७५, १२ : ०९ मा प्रकाशित

एनआइसी एशियाले  १० प्रतिशत बोनस शेयर दिने

अर्थ संसार, काठमाडौं–  एनआइसी एशिया बैंंक लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंको ३ सय ७७ औं सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो ।

बोनस शेयरमा लाग्ने करबापत चाहिने ०.५२६ प्रतिशत नगद लाभांश पनि दिने बैंकले जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । बैंकले आर्थिक वर्ष २०७४/०७५ मा वार्षिक बिन्दुगत आधारमा कर्जा तथा सापटीतर्फ १ खर्ब २० अर्ब रुपैयाँ संकलन गरेको छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७ प्रतिशतले बढी हो । त्यस्तै निक्षेपतर्फ १ खर्ब ५२ अर्ब रुपैयाँ संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशतले बढी हो ।

बैंकले आर्थिक वर्ष २०७४\७५ मा १ सय १२ वटा नयाँ शाखा, १ सय ५० एटिएम, १० एक्सटेन्सन काउन्टर तथा १५ शाखारहित बैकिङ थपेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

सामुदायिक लघुवित्तको ३ लाख कित्ता IPO बिक्री खुल्ला

एनएमबि माइक्रोफाइनान्सले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने

राष्ट्रिय बिमा कम्पनीको नाफा ५ करोडमाथि 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको