Like us!
Follow us!
Connect us!
Watch us!

विकास बैंकको शेयर IPO को मूल्यामा,३३ बैंकमध्ये कर्पाेरेटको प्रतिकित्ता ९८ हुँदा अरुको कति ? (सूचिसहित)

सोमबार, ०३ मंसिर २०७५, ०५ : ०० मा प्रकाशित

विकास बैंकको शेयर IPO को  मूल्यामा,३३ बैंकमध्ये कर्पाेरेटको प्रतिकित्ता  ९८ हुँदा अरुको कति ?   (सूचिसहित)

अर्थ संसार, काठमाडौँ– तपाईसँग विकास बैंकको शेयर छ ? यति छ भने त्यो शेयर यतिखेर तपाईको टाउँको दुखाइको विषय बन्न पुगेको होला ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको ३३ वटा विकास बैंकमध्ये सवै जस बैंकको शेयर मूल्य साधारण शेयर (आइपिओ) को भाउमा आएपछि महँगो हाल्ने शेयरधनीको टाउको दुखाइको विषय बन्न पुगेको हो । नेप्सेको अनुसार सूचिकृत बैंकमध्ये ३ वटा विकास बैंक मात्र ४०० सय माथि छन् । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् ।

शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव विकास बैंकको शेयरमा समेत परेको छ । राम्रो भनिएका र ठानिएका बैंकको शेयरसमेत आधारभूत मूल्यको हाराहारीमा रहँदा त्यसले लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको छ । लामो समयदेखि ओरालो लागेको कर्पाेरेट डेभलपमेन्ट बैंकको बजारमा प्रतिकित्ता शेयर रु ९८ मा खरीद बिक्री भएको छ ।

आइतबार सो कम्पनीको शेयर आधारभूत मूल्यभन्दा रु २ कममा खरीद बिक्री भएको छ ।  यस्तै कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकोे शेयरसमेत आधारभूत मूल्यको हारहारीमा आएको छ । सो बैंको प्रतिकित्ता शेयर रु १०३ रुपैयाँमा विक्री भएको स्टकको तथ्याङ्कले देखाएको छ ।

साहारा विकास बैंक, मुक्तिनाथ विकास बैंक र नारायणी डेभलपमेन्ट बैंक शेयरबाहेक अरु डेभलपमेन्ट बैंकको अवस्था खराब रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।

हेरौं, ३३ डेभलपमेन्ट बैंकको दोस्रो शेयर बजार भाउ

5bf15bb1d9684.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको