अर्थ संसार, काठमाडौं– नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनी बीच क्यासलेस इन्स्योरेन्समा सम्झौता भएको छ ।
शिखर ईन्श्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सप्रदी ट्रेडिङ्गका तर्फबाट संस्थाको प्रमुखकार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाको प्रमुखकार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।
नेपालमै पहिलोपटक सञ्चालनमा ल्याउनलागेको यस योजना अन्तर्गत टाटा कम्पनीका जुन सुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङ्गको आफुलाई पाएक पर्नै नेपाल अधिराज्य भरीको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् ।
ग्राहकहरुलाई सुलभ, छिटो र झन्झट रहित सेवादिन यस व्यवस्थाले सहयोग पुर्याउने दुवै कम्पनीको दावी छ । यसबाटैआउने दिनहरुमा अन्य बिमा कम्पनीहरुसंग पनि सहकार्य गर्दै धेरै भन्दा धेरै ग्राहकहरुलाई सेवा दिने सिप्रदीको योजना छ ।
उक्त कार्यक्रममा आ-आफ्नो ब्यापार ब्यबसायका बारेमा Progressive Insurance जस्ता विभिन्न नयाँ प्रवृति र प्रयोगहरुको छलफल भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस