अर्थ संसार, काठमाडौं– टानको कानूनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता रमेश कुमार मैनाली नियुक्त हुनु भएको छ । गत कार्तिक १६ गते बसेको बैठकको निर्णय बमोजिम मंसिर ४ गतेदेखि कानुनी सल्लाहकारमा वरिष्ठ रमेश कुमार मैनाली नियूक्त हुुन भएको हो ।
मंगलबार टानको सचिवालयमा टान कार्यसमितिद्वारा बधाई कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले कानूनी क्रियाकलापको सहज संचालनको लागि कानूनी सल्लाहकारको आवश्यकता भएको व्यक्त गर्नुभयो ।
टानले कानूनी सल्लाहकारबाट वैधानिक दिशा पाउने र कानूनी समस्याहरू समाधान गर्दै प्रभावकारी कार्यहरु गर्न मदत पुग्ने कुरा बताउनुभयो । कानूनी सल्लाहकारले विभिन्न ट्रेकिङ क्षेत्रहरूमा कानूनी र प्रभावी ढंगले TIMS लागू गराउन, साथै स्थानीय निकायहरूबाट अवैध रूपमा प्रवेश शुल्क उठाएको हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष दाहालले अवगत गराउनु भयो । कानूनी सलाहकारले ट्रेकिङ व्यवसायीहरु र सम्पूर्ण मजदुरहरुको हक हितमा लड्न कानुनी रुपमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्षले बताउनुभयो ।
“समग्र पर्यटन क्षेत्रमा विभिन्न समस्याहरू जस्तै TIMS क् काउन्टर बन्द गराई अवैध रूपमा प्रवेश शुल्क उठाउदै आएको, पदयात्रा क्षेत्रका होटलहरुले मनपरी lodging शुल्क उठाउदै आएको, ACAP ले अग्रिम सूचना बिना बढाएको शुल्क लगायत आरु समस्याहरुको बारे टानले विभिन्न मन्त्रालय र सम्बन्धित संघ संस्थाहरूमा पर्यटन क्षेत्रका समस्याहरूको बारेमा बारम्बार ध्यानाकर्षण गराएको भएपनि सरकारले टानले उठाएका आवाजलाई बेवास्ता गरेको देखिन्छ । यसकारण, टानलाई कानूनी सल्लाहकारको आवश्यकता परेको छ ।’’ टानका महासचिव आङ पेम्बा शेर्पाले भन्नु भयो ।
टान कार्यसमितिले मैनालीलाई कानूनी सल्लाहकारको रूपमा जिम्मेवारी प्रदान गरेकोमा उनले टानलाई धन्यवाद ज्ञापन गर्दै पर्यटन क्षेत्रका समस्याहरु अध्ययन गरेर त्यसलाई समाधान गरी टानलाई काकुनी रुपमा मजबूत बनाउनका लागि उचित निर्देशन साथै सुझाव दिने वाचा गर्नुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस