Like us!
Follow us!
Connect us!
Watch us!

अर्काको नाममा ५ लाख २८ हजार निकाल्ने पक्राउ

बुधबार, ०५ मंसिर २०७५, १७ : ३५ मा प्रकाशित

अर्काको नाममा ५ लाख २८ हजार निकाल्ने पक्राउ

अर्थ संसार, काठमाडौँ– नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकास बैँक कलङ्की शाखाबाट रु पाँच लाख निकाल्ने सर्लाहीका २८ वर्षीय राजकिशोर मण्डललाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले मण्डललाई सुन्धारास्थित हिलटन गेष्ट हाउसबाट पक्राउ गरेको हो । सोही समयमा मण्डलसँगै बसेका विकास लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मण्डलसँग एक थान मोबाइल र रु एक लाख ६ हजार ८९२ नगद समेत बरामद गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको