Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको संचालकमा मिना कुमारीलाई नियुक्त

विहीबार, ०६ मंसिर २०७५, १६ : ३५ मा प्रकाशित

जनता बैंकको संचालकमा मिना कुमारीलाई नियुक्त

अर्थ संसार, काठमाडौं- जनता बैंक नेपाल लिमिटेडको मिना कुमारी सैंजीलाई सञ्चालक पदमा नियुक्त गरेको छ । मंसिर ५ गते बसेको संचालक मितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सैंजुलाई नियुक्त गरेको हो ।

संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले मंसिर ५ गदै नै सैंजुलाई पद तथा गोपनियताको सफदग्रहण गराउनु भएको छ । 

बैंकिङ क्षेत्रमाकरिब ३० बर्षको अनुभव रहेको सैजु नेपाल बैंक लिमिटेडबाट बि.सं. २०६९ मा नायबमहाप्रबन्धकपदबाट सेवा निबृत्त हुनु भएको थियो । 

बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्नुहुने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्तहुने विश्वास लिइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको