Like us!
Follow us!
Connect us!
Watch us!

सवारी चालक अनुमतिपत्रको आवेदन खुल्यो, यी स्थानबाट सकिन्छ भर्न (सूचीसहित)

शुक्रबार, ०७ मंसिर २०७५, ११ : १६ मा प्रकाशित

सवारी चालक अनुमतिपत्रको आवेदन खुल्यो, यी स्थानबाट सकिन्छ भर्न (सूचीसहित)

अर्थ संसार, काठमाडौँ– लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले आज बिहान १० बजेदेखि अनलाइन फाराम खुला हुने जनाएको छ । लामो समयदेखि  अनलाइन फाराम रोकिएको भए पनि रिट्रायल लगायतका कामहरु भने भइरहेका थिए ।

विभागकाअनुसार भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भ‍र्याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत पनि अनलाइन आवेदन भर्न सकिने व्यवस्था मिलाइएको छ । चारवटै कार्यालयबाट, बाइक, स्कुटर र कार र जीपका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको  छ ।

अनलाइन आवेदन विभागको वेबसाइटमा गएर आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ । विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ।

परम्परागत कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स अनिवार्य गरिएको भए पनि वर्ष दिन कुर्नुपर्ने बाध्यता भने हटेको छैन । ६ लाखले ट्रायल परीक्षा पास गरेर पनि लाइसेन्स पाउन सकेका छैनन्।

यातायात व्यवस्था विभागले उक्त समस्या   हटाउनका लागि निजी कम्पनी मालिका इन्कर्पोरेशनलाई लाइसेन्स छपाईको जिम्मेवारी दिए पनि पर्याप्त छपाई भने हुन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको