अर्थ संसार, काठमाडौं– पप्पु कन्स्ट्रक्सनलाई बदनियतपूर्ण रुपमा सार्वजनिक खरिद अनुगमनको कार्यालयले बदनाम गराउन खोजेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन गर्ने धम्की दिएको छ ।
सिक्टा सिँचाइ आयोजनाको डडुवा नहर ठेक्काका विषयमा प्रचलित कानुनले नदिएको अधिकार प्रयोग गरी कार्यालयले पप्पुलाई ठेक्का प्रक्रियामा रोक लगाएको भन्दै महासंघले आपत्ति जनाएको छ ।
महासंघले कालोसूचीमा राख्ने प्रक्रिया जारी रहेकै बेला ठेक्कामा भाग लिन नदिने सूचना प्रचलित कानुन विपरीत भएको बताएको छ।
खरिद कार्यमा सहभागी समेत हुन नपाउने कार्यालयको सूचना प्रचलित सार्वजनिक खरिद ऐन र नियमावली विपरीत भएको उसको भनाइ छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कोस्टाल पप्पु जेभी कन्सट्रक्सनलाई तत्काल कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाउने गरी सूचना प्रकाशित गरेको थियो। मंसिर ४ मा सूचना प्रकाशित भएको थियो।
सिक्टा सिँचाइ आयोजनाले कालोसूचीमा राख्न गरेको सिफारिस अनुसार उक्त प्रक्रिया नटुंगिएसम्म सार्वजनिक निकायको नयाँ खरिद प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको थियो।
यसअघि कार्यालयले पप्पुलाई कालोसूचीमा राख्न नपर्ने कारण भए एक महिनाभित्र पेस गर्न सार्वजनिक सूचना जारी गरेको थियो। मंसिर ३ गते कार्यालयले सूचना जारी गरेको थियो। कार्यालयमा पठाएको म्याद नबुझेपछि कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो। कार्यालयले कात्तिक ३० गतेको निर्णयबाट पप्पुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस