Like us!
Follow us!
Connect us!
Watch us!

ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको नयाँ शाखा

सोमबार, १० मंसिर २०७५, १८ : २४ मा प्रकाशित

ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको नयाँ शाखा

अर्थ संसार, काठमाडौं- जनता बैंक नेपाल लिमिटेडले सुदुर पूर्वको जिल्ला ताप्लेजुङको अतिविकट गाउँपालिका फक्त्ताङलुङ गाउँपालिकामा सोमबारबाट नयाँ शाखा सञ्चालनमा आएको छ ।

वित्तीय सेवा मार्फत पनि संघियतालाई  दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ्ग सेवा ७६६ स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको लक्ष्य अनुसार ताप्लेजुङको फक्त्ताङलुङमा शाखा खोली सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा संचालनमा ल्याइएको यो शाखा बैंकको १२७ औं शाखा हो ।

तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङ गोला सहित साविक ७ गा.वि.स. मिलाएर बनाइएको यस गाउँपालिका भौगोलिक हिसावमा ताप्लेजुङकै सबै भन्दा ठूलो र बिकट गाउँपालिका हो ।

यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारण तथा सरकारी निकाय समेत यस शाखा मार्फत देशको बाँकी क्षेत्रमा वित्तीय संजालमा जोडिन सफल  हुनेछन् । ग्राहकहरुले अन्य शाखाहरुबाटजस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् ।

यो संगै बैंकको देशभरीमा शाखा संजाल १२७ पुगेको छ । साथै ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखा रहित बैंकिङहरुबाट करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रबाह भइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको