अर्थ संसार, काठमाडौँ– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्राका क्रममा ज्यान गुमाएका मजदुरका आश्रित परिवारलाई ६० लाख राहत उपलब्ध गराएको छ ।
टानले अन्नपूर्ण, माथिल्लो डोल्पा, सगरमाथा, मनास्लुलगायत क्षेत्रको पदयात्राका क्रममा मृत्यु भएका १२ जनाको परिवारलाई ५ लाखका दरले रु ६० लाख राहत वितरण गरेको हो ।
पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को कोषबाट उक्त रकम उपलब्ध गराइएको टानका महासचिव आङपेम्बाट शेर्पाले बताउनुभयो ।
विभिन्न पदयात्राका क्रममा ज्यान गुमाएका दाकबहादुर आलेमगर, भीमबहादुर गुरुङ, जीवन लिम्बू, खेमबहादुर श्रेष्ठ, संसार गुरुङ, इन्द्रबहादुर गुरुङ, पेम्बा कुइश्याङ शेर्पा, छिरिङ भोटे, डिना आङजुक भोटे, फुर्वा भोटे, नेत्रबहादुर छन्त्याल र पेमदोर्जे शेर्पाको परिवारलाई आज एक कार्यक्रमबीच राहत रकम वितरण गरिएको हो । यसअघि टिम्सले ३३ जनालाई राहत दिइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस