Like us!
Follow us!
Connect us!
Watch us!

भुक्तानी प्रणालीलाई सहज बनाउन स्विजरल्याण्डको बीपीसीसँग आइमार्कको सहकार्य

बुधबार, १२ मंसिर २०७५, १८ : ०० मा प्रकाशित

भुक्तानी प्रणालीलाई सहज बनाउन स्विजरल्याण्डको बीपीसीसँग आइमार्कको सहकार्य

अर्थ संसार, काठमाडौं– नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतिय प्रणालीमार्फत सहज बनाउन स्विजरल्याण्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सहकार्य गरेको छ ।

बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ ।स्मार्ट भिस्टा लेविश्वका कयौँ बैंक तथा वित्तिय संस्थाहरुको कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिसकेको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बीपीसी बैंकिङ टेक्नोलोजीका उपाध्यक्ष तथा एशिया प्याशेफिकका प्रबन्ध निर्देशक राजन एस नारायणले सो प्रविधिकाबारेमा जानकारी गराए ।

उनले भने, ‘स्मार्ट भिस्टाले अहिलेको समाजलाई क्यास लेस समाजमा रुपान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्छ ।’उनका अनुसार समग्र क्षेत्रका संस्थाहरु डिजिटल बैंकिङ प्रणालीमा आवद्ध भएर लाभान्वितहुन सक्नेछन् । यसले ब्यापार र समग्र क्षेत्रको भुक्तानीलाई सहज बनाउनेछ ।

बीपीसी बैंकिङ टेक्नोलोजीको स्थापना सन् १९९५ म भएको हो । जसको नेपाल साझेदारका रुपमा सन २००७मा स्थापना भएको आइमार्क प्रालिरहेको छ । जसले हालसम्म नेपालका करिब ७० प्रतिशत बैंक तथावित्तीय संस्थाहरुलाई विविध रुपमाक्यास लेस सोसाइटीको निमार्णमा सहजीकरण गर्दै आएको छ ।

बीपीसी बैंकिङ टेक्नोलोजीको स्मार्ट भिस्टा एटिएम स्वीच विश्वका७३ भन्दा बढी देशकादुई सय भन्दा बढी बैंक तथावित्तीय संस्थाहरुले प्रयोग गर्दै आईरहेका छन् । सो अवसरमा आइमार्क प्रालिका प्रबन्ध निर्देशक रामप्रसाद ढुंगानाले विश्वसनीय भुक्तानी माध्यमका रुपमा सेवादिन र सेवा पछि पनि बलियो सम्बन्ध विस्तारका लागि आइमा र्ककटिवद्ध रहेको बताए ।

आइमार्कले नेपालको बैंकिङ क्षेत्रलाई डिजिटलाइज गराउन विगत एघार बर्षदेखि एक दर्जन बढी वाणिज्य बैंकहरुसँग सहकार्य गर्दैआईरहेको छ । आइमार्क भुक्तानीको माध्यम मात्र नभई बैंकिङ क्षेत्रको समग्र प्राविधिक भुक्तानीको अन्वेषक पनि हो ।

5bfe87cabf563.png 5bfe87cad2c1e.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको