Like us!
Follow us!
Connect us!
Watch us!

लेखा समितिले भन्यो-‘निगममा के भएको हो दश दिनभित्र विवरण देऊ’

विहीबार, १३ मंसिर २०७५, ११ : २१ मा प्रकाशित

लेखा समितिले भन्यो-‘निगममा के भएको हो दश दिनभित्र  विवरण देऊ’

अर्थ संसार, काठमाडौँ – प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले खरीद गरेको वाइड बडी विमान खरीद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन गरे/नगरेको विषयमा १० दिनभित्र राय दिन सार्वजनिक खरीद तथा अनुगमन कार्यालयलाई निर्देशन दिएको छ ।

कार्यालयका सचिव मधुप्रसाद रेग्मीबाट विमान खरीद प्रक्रियाका सम्बन्धमा आवश्यक जानकारी लिएपछि समितिले १० दिनभित्र लिखित राय पेश गर्न निर्देशन दिएको हो । एक हजार घण्टा उडान भरेको उक्त विमान खरीद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन भए÷नभएकोसहित समितिमा उठेका प्रश्नको सम्बोधन हुने गरी प्रतिवेदन दिन समितिले निर्देशन दिएको छ ।

उक्त विमान खरीदमा अनियमितता भएको हुन सक्ने आशङ्का भएपछि संसदीय समितिले आ–आफ्नो कार्यक्षेत्रभित्र रहेर सरोकारवालासँग आवश्यक जानकारी लिँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको