Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंक २०१८ को उत्कृष्ट नेपाली बैंक, ‘बैंक अफ दि इयर’ बाट सम्मान

शुक्रबार, १४ मंसिर २०७५, ०८ : ४७ मा प्रकाशित

एनएमबी बैंक २०१८ को उत्कृष्ट नेपाली बैंक, ‘बैंक अफ दि इयर’ बाट सम्मान

अर्थ संसार, काठमाडौं–  एनएमबी बैंकले पुनः ‘बैंक अफ दि इयर’को उपाधि प्राप्त गरेको छ। बेलायतस्थित द फाइनान्सियल टाइम्सले वर्ष २०१८ का लागि एनएमबी बैंकलाई लगातार दोश्रो पटक ‘बैंक अफ दि इयर’को उपाधिबाट सम्मान गरेको हो ।

एनएमबी बैंक यो उपाधिबाट सम्मानित भएको यो लगातार दोश्रो पटक हो । यसअघि सन् २०१७ का लागि समेत बैंकले ‘बैंक अफ दि इयर’को उपाधि पाएको थियो ।

लगातार उपाधि पाएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्ना कर्मचारीलाई एक सन्देश पठाएका छन् । त्यहाँ उनले दोश्रो पटक पनि यो उपाधि पाउनुको कारणबारे भनेका छन्–‘संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने हाम्रो प्रतिबद्धता अनुरुप दिगो एवम् मूल्य मान्यतामा आधारित बैंकिंग सेवा प्रदान गर्न सफल भएका कारण हामी लगातार दोश्रो वर्ष पनि नेपालकै उत्कृष्ट बैंक भई ‘बैंक अफ दि इयर’बाट सम्मानित भएका हौ ।’

उनले यो अवसरमा आगामी दिनमा मूल्य मान्यतामा आधारित दिगो बैंकिङ सेवा प्रदान गर्ने कार्ययोजनाअनुसार अगाडि बढ्ने र भविष्यमा अझ धेरै सम्मानहरु हासिल गरी सारा सरोकारवालाहरुलाई समेत उच्च प्रतिफल दिने घोषणा समेत गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको