अर्थ संसार, काठमाण्डौँ– विन्टर प्रमोशनको हिस्सा स्वरूप ह्वावेले आफ्नो तीनवटा सबै भन्दा चर्चित बजेट स्मार्ट फोनहरूःवाई फाइभ लाइट, नोभा टुलाइट तथा वाई नाइन २०१९ को मूल्य घटाएको छ । क्यामरा सेटअप, आकर्षक र बेग्लै डिजाइन र समग्र परमर्फमेन्सका लागि सुपरिचितयी स्मार्ट फोनहरूले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ ।
यो अफर थप डिस्काउण्टसहित बजेट स्मार्टफोनहरू खोजिरहेका ग्राहकहरूका लागि सबै भन्दाउ पयुक्त हो ।
यी तीनवटै स्मार्ट फोनहरू वास्तविक मूल्यभन्दा झण्डै २ हजार रूपैयाँकममा उपलब्ध छन् । ह्वावेले आफ्ना ग्राहकहरू प्रतिको जिम्मेवारी पूरा गर्दै कम्पनीलाई थप उचाइँमा पुर्याउन यो एक्सक्लुसिभ अफर ल्याएको छ । ह्वावेको लोकप्रियता निरन्तर बढिरहेको छ ।
वाई फाइभ लाइटः रु १३,९०० बाट रु ११, ९९०
यसअघि रुपैयाँ १३,९०० भएको पहिलो एन्ड्रोइड गो डिभाइस अब मात्र रुपैयाँ ११, ९९० मा उपलब्ध छ । यो स्मार्टफोन एन्ड्रोइड गो प्लाटफर्ममा संचालन हुन्छ जुन एन्ट्री लेभल फोनहरूमा अपटिमाइज्ड स्टक एन्ड्रोइड एक्सपिरियन्स दिने गर्दछ ।
यो फोनमा लाइटर भर्सन एपहरू, अझ राम्रो सुरक्षा तथा व्यवस्थापन छ । यो फोनमा एलईडी फ्लाल्ससहितको ८ एमपी रियर क्यामरा र १४४०x ७२० रेजलुसनसहितको ५.४५ एचडीको डिस्प्ले रहेको छ ।
यसमा मिडिया टेक एमटी ६७३९ प्रोसेसर रहेको छ । साथै यसमा १६ जिबीको स्टोरेज र ३०२० एमएच ब्याट्री छ ।
नोभा टु लाइटः रु २३,९०० बाट रु २१, ९९०
यो फोनको मूल्य रुपैयाँ २३,९०० बाट रुपैयाँ २१, ९९० मा झारिएको छ । यो फोनमा एचडीसहितको १४४०ह्७२० रेजलुसनसहितको ५.९९ इन्चको आइपीएस एलसीडी भएपनि यो फोन हलुंगो छ ।यसमा डुअल क्यामरा सेटअप, एफ /२.२ एपर्चरसहितको १३ एमपी लेन्स र दुई एमपी डेप्थ सेन्सर रहेको छ । साथै यसमा ८ एमपीको सेल्फी क्यामरा छ । अन्य विशेषताहरूमा रियर माउण्टेड फिंगरप्रिन्ट सेन्सर, ३ जिबी र्या म र ३२ जिबी आन्तरिक स्टोरेज र छुट्टै माइक्रो एसडी कार्ड स्लट रहेको छ । यसमा १. ४ जीएचजेड कोरटेक्स ए ५३ छ साथमा ३००० एमएच ब्याट्रीसहितको माइक्रो यूएसबी र एन्ड्रोइड ८. ० र ईएमयूआई ८.० रहेको छ ।
वाईनाइन २०१९ः रु ३४, ९०० बाट रु ३१, ४९०
ह्वावे वाइनाइन २०१९ एकदमै उत्कृष्ट स्मार्ट फोन हो र आइफोन एक्सएस म्याक्स स्ट्यान्डर्ड भएको फोन मानिन्छ । यसमा फूलएचडी सहितको १०८०x२३४० पिक्सल रेजलुसन छ र यसमा १९ः५ः९ एस्पेक्ट रेसियो रहेको छ ।
वाइनाइन २०१९मा हाइसिलिकनकिरिन ७१० चिपिसेट छ । यसमा फ्रन्ट र ब्याकइन्ड दुवैमा गरी डुअल क्यामरा सेटअप छ । रियर प्यानलमा १६ एमपी+ २ एमपीतथा १३ एमपी र २ एमपीको क्यामरा छ । दुवै साइडमा सेकेण्डरी क्यामरा रहेको छ । यस फोनमा ४ जिबीको र्याीम र ६४ जिबीअनबोर्ड स्टोरेज र माइक्रोएसडी कार्ड स्लट राख्ने ठाउँ पनि छ । ४०० जिबीसम्मको मेमोरी कार्ड यसमा राख्न सकिन्छ । अन्य विशेषताहरूमा रियरमाउण्टेड फिंगरप्रिन्ट, एक्सेलेरोमिटर, जिप्रो, प्रोक्सिमिटी र कम्पास सेन्सरहरू रहेका छन् । यसमा ४००० एमएचको ब्याट्री पनि छ । यो स्मार्टफोन कालो, नीलो र बैजनी रंगमा उपलब्ध छ ।
ह्वावेले विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थान हासिल गरिसकेको छ र भविष्यमा सबै भन्दा लोकप्रिय स्मार्टफोन ब्रान्ड बन्न चाहान्छ । सन् २०१७मा नोभासिरिज सार्वजनिक गरेदेखि र नोभा टु आई को कीर्तिमानी व्यापारसँगै यो कम्पनीले एउटा कोसेढुंगा नै कायम गर्न सफल भएको छ । चारवटा क्यामरा र फूलभ्यू डिस्प्ले भएको स्मार्टफोनले स्मार्टफोनहरूको दुनियाँमानयाँ स्तर पक्कै पनिल्याएको छ । ह्वावेका नोभाथ्री र नोभाथ्रीआई विश्वकै पहिलो २४ एमपीफोर एआई क्यामरा हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस