Like us!
Follow us!
Connect us!
Watch us!

तालाबन्दी खोलियो

शुक्रबार, १४ मंसिर २०७५, १९ : १४ मा प्रकाशित

तालाबन्दी खोलियो

अर्थ संसार, काठमाडौँ– पर्यटन क्षेत्रमा क्रियाशील तीन मजदुर यूनियनले पदयात्रा क्षेत्रमा कार्यरत मजदुरको सुविधा बढाउनुपर्ने माग गर्दै यही ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सचिवालयमा लगाएको ताला खोलिएको छ ।

टान पदाधिकारीसहित सरोकारवाला व्यवसायी र मजदुर युनियनबीचको वार्ताले माग सम्बोधन गर्ने सहमतिपछि बिहिबार तालाबन्दी खोलिएको हो । पर्यटन क्षेत्रमा क्रियाशील तीन मजदुर यूनियनले पदयात्रा क्षेत्रमा कार्यरत मजदुरहरुको सुविधा बढाउनुपर्ने माग गर्दै यही मङ्सिर १० गतेदेखि तालाबन्दी गरेका थिए ।

दुई दिनअघि टान कार्यसमितिको आकस्मिक बैठकले अध्यक्ष नवराज दाहालको अध्यक्षमा वार्ता समिति गठन गरी समस्याको समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको थियो । टानका अध्यक्षलगायत पदाधिकारी, ट्रेड यूनियनका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पूर्वबोर्ड सदस्यद्वय घनेन्द्र श्रेष्ठ र राजेन्द्र सापकोटालगायत अन्य सङ्घ संस्थाका प्रतिनिधिबीच वार्ता भई मजदुरका मागलाई सम्बोधन गरिएको टानले आज विज्ञप्तिमार्फत जनाएको छ ।

टानका अध्यक्ष नवराज दाहालले मजदुर यूनियन र टानबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ र प्रगाढ हँुदै जाने विश्वास व्यक्त गर्दै इजाजत प्राप्त ट्रेकिंग कम्पनीमार्फत अनिवार्य गाइड वा सहयोगी लिएर जाने व्यवस्था सिघ्र कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । यस्तै टान सचिवालयको दैनिक प्रशासनिक कार्य एवं पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स०सम्बन्धी कार्यसमेत आजदेखि पूर्ण रुपमा सञ्चालन गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको