अर्थ संसार, काठमाडौँ– मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना औंल्याएको छ ।
आज उच्च हिमाली भूभागका कही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पश्चिमी तथा पहाडी भेगका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।
आइतबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६।५ तथा अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री रहेको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस डिग्रीमा झरेको छ । सबैभन्दा बढी विराटनगरमा अधिकतम तापक्रम २८ डिग्री सेल्सियस छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस