Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली विमान ईयूको कालोसूचीमै

आइतबार, १६ मंसिर २०७५, ०८ : ४८ मा प्रकाशित

नेपाली विमान ईयूको कालोसूचीमै

काठमाडौँ - नेपाली विमानलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू) ले त्यसलाई पुनस् निरन्तरता दिएको छ ।

ईयूको हवाई क्षेत्रसँग सम्बन्धित ६र६ महिनामा हुने बैठकले कालोसूचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो । ईयूले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भूमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ ।

नेपालका तर्फबाट पटक–पटक प्रयास भए पनि सूचीबाट हट्न सकेको छैन । ‘केही प्रगति भए पनि यस पटकसमेत हामी कालोसूचीबाट हट्न सक्दैनौं भन्ने अपेक्षितै थियो,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने ।

नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) मापदण्ड तथा प्रक्रिया पूरा नगरेको र उडान सुरक्षा पालनासम्बन्धी स्थापित मापदण्ड बाहिरको काम गरेको भन्दै ईयूले कालोसूचीमा राखेको हो ।

नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र अनुगमनकारी दुवै काम गर्ने एउटै निकाय भएकाले ईयूले पछिल्लो समय कालोसूचीबाट हटाउन नमानेको हो ।

सेवा प्रदायक र नियामक निकायले प्रभावकारी रूपमा काम गर्न नसक्ने निष्कर्ष निकाल्दै ईयूले यसलाई छुट्टाछुट्टै बनाउनुपर्ने प्रकृतिको सन्देश दिँदै आएको छ । हाल अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स र बुद्ध एयरलाइन्सले युरोपमा उडान गर्ने चाहना राखे पनि कालोसूचीका कारण अनुमति पाउन सक्ने अवस्था छैन ।

‘नेपालका एयरलाइन्स कम्पनीको क्षमता छ कि छैन भन्ने अर्को कुरा हो तर चाहना राख्दा उनीहरूका लागि वातावरण नभएको हो,’ गौतमले भने, ‘यसले नेपाली वायुसेवा क्षेत्र सुरक्षित छैन भन्ने सन्देश पनि गएको छ । चाँडोभन्दा चाँडो हामी यसबाट बाहिर निस्कनुपर्छ ।’ कान्तिपुरबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको