Like us!
Follow us!
Connect us!
Watch us!

सेयर किनबेचमा अनलाइन प्रणाली लागू गर्ने बोर्डको तयारी

मंगलबार, २६ पुस २०७३, १३ : ०८ मा प्रकाशित

सेयर किनबेचमा अनलाइन प्रणाली लागू गर्ने बोर्डको तयारी

अर्थसंसार
बेनी– नेपाल धितोपत्र बोर्डले म्याग्दीको सदरमुकाम बेनीबजारमा मंगलबार पूँजी बजार सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ । अहिलेसम्म राजधानीमा मात्रै केन्द्रित रहेको शेयर बजारका बारेमा मोफसलका सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले बोर्डले म्याग्दी उद्योग वाणिज्य संघसँगको सहकार्यमा कार्यक्रम गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले यस्ता कार्यक्रमले म्याग्दीका नागरिकहरुलाई पूँजी बजारसम्बन्धी जनचेतना बढाउन सघाउने विचार व्यक्त गरे । उनले पूँजी बजारमा अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरे ।

बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले काठमाडौं केन्द्रित पूँजी बजारलाई देशव्यापी वनाउन तथा यससम्बन्धी जनचेतना बढाउन कार्यक्रम आयोजना गरिएको बताए । यसका लागि वोर्डले पूँजी बजारलाई सहज, सरल र व्यवस्थित बनाउन नीतिगत सुधारहरु गरिरहेको जानकारी उनले दिए ।  उनले सर्वसाधारण नागरिकहरुलाई घरमै वसेर पूँजी बजारमा लगानी गर्ने वातावरण तयार पार्न बोर्डले नीतिगत सुधारहरु गरेको बताए । कार्यकारी निर्देशक पौडेलले अनलाइनमार्फत शेयर खरिद विक्री गर्ने व्यवस्था ल्याउन लागेकाले सर्वसाधारणहरुमा सरल र सहज तरिकाले पूँजी बजारमा पहुँच वढेर जाने विश्वास व्यक्त गरे ।

उनले माघ १ गतेबाट आश्वा प्रणाली लागू गरिएकाले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा लगानीकर्ताहरुले बैंक तथा वित्तिय संस्थामा रहेको खातामा आवेदन वरावरको रकम रोक्का राखी धितोपत्र बाँडफाँडपछि आवेदकको वाँडफाँडमा परेको धितोपत्र वरावरको रकम मात्र खाताबाट खिचिने बताए । यस्तो प्रणाली लागू भएपछि यसअघि भएको झन्झटिलो प्रक्रियाको अन्त्य हुने उनको भनाइ थियो । आश्बा प्रणालीमा सूचीकृत भएका वैंकमार्फत कुनै पनि कम्पनिको शेयर खरिद गर्न निवेदन दिन सकिने उनको भनाई थियो ।

कार्यक्रममा बोर्डका उपनिर्देशक निरन्जन घिमिरेले पूँजीबजार सम्वन्धी विविध पक्षहरुको वारेमा कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य प्रमोदकुमार श्रेष्ठले कार्यक्रमले स्थानीय स्तरमा शेयर बजारका वारेमा जनचेतना अभिवृिद्ध हुने विश्वास व्यक्त गरे ।  कार्यक्रमा सरकारी निकायका पदाधिकारीहरु, उद्योग वाणिज्य संघका पदाधिकारी, शिक्षक,  विद्यार्थी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणसमेतको ठूलो संख्यामा सहभागिता थियो । उद्योग वाणिज्य संघका अध्यक्ष जिवनकुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव राजेश शाक्यले गरेका थिए । 

यो पनि पढ्नु भयो ? 

सेयर बजारसँग सम्बन्धित संस्थाहरुबारे जानी राखौं

एभरेष्ट बैंकद्वारा पशुपतिका वृद्ध आश्रमलाई न्यानो कपडा

नेपाल लाइफको एफपिओ भोलिदेखि, कहाँकहाँ भर्न पाइन्छ फारम ?

सिन्धुलीमा पहिलो पटक सामुदायिक होमस्टे

सरकारले जलाशययुक्त आयोजनाको पिपिए साँडे १२ रुपैयाँसम्ममा गर्ने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको