अर्थ संसार, टोकियो, जापान– जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको शुक्रबार बताएको छ ।
जापानी विशाल कार कम्पनीका अध्यक्ष रहेकै बेला पक्राउ परेका कार्लोस गोसनको अभावबाट अघि बढिरहेको कम्पनीलाई आर्थिक हिसाबले झड्का दिने यो अर्को घटना बनेको छ ।
“निशानले पछिल्लो समय कैयौँ कारहरूमा प्रक्रियागत परीक्षण नभएको भनाइ बजारमा आएपछि कम्पनीले कारहरू फिर्ता गरेर अनुसन्धान अघि बढाउन लागेको छ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । “निशानले मुलुकभरबाट ‘तुरून्तै’ झण्डै एक लाख पचास हजार कारहरूलाई फिर्ता माग्नेछ ।”
निशान कार कम्पनीले घरेलु ‘एसेम्वली प्लान्ट’ मा निर्मित आफ्ना कतिपय सवारी साधनका ब्रेक, गति नाप्ने मिटर र अन्य केही प्रणालीको परीक्षण नभई बजारमा पठाएको पाइएको पुष्टि गरेको छ ।
यसरी फिर्ता ल्याइने कारहरूमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को अक्टोबरसम्म बनेका नोट, लिफ, मार्च र क्युवजस्ता सुगठित कारहरूमा त्रुटी भएको प्रतिक्रियापछि यि सहित विभिन्न १० प्रकारका कारका डेढ लाख पिसलाई फिर्ता गर्न लागेको हो ।
कम्पनीले कार फिर्ता ल्याउने कुरा आफ्ना अधिकारीहरूमाझ बिहीबार जानकारी गराएको विज्ञप्तिमा जनाइएको छ ।
निशानका उपाध्यक्ष सेइजी होन्डाले भन्नुभयो, “कम्पनीले समस्या देखिएका भनिएका गाडीहरूको आन्तरिक प्रणाली यसको नियमनकारी निकायमार्फत पुनः परीक्षण गर्ने र सही परीक्षणपछि मात्र पुनः बजारमा पठाइनेछ ।” हामीले सबै सम्बद्ध पक्षको विश्वास पुनः प्राप्त गर्न कडा मेहनत गर्नेछौँ ।
अख्तियारी नपाएका कर्मचारीद्वारा केही सवारी साधनको आन्तरिक यान्त्रिक प्रणालीको परीक्षण गरी बजारमा पठाएको आरोपपछि उक्त कम्पनीले गत बर्ष पनि १० लाखभन्दा बढी गाडीहरूलाई फिर्ता गरी आवश्यक परीक्षण गरेको थियो ।
जुलाईमा आएको अर्को फरक मुद्दामा निशानले ‘एक्जस्ट इमिसन’ र ‘इकोनोमी मोड’ बारे प्रचार गरिएका डाटा नै झुटा भएको आरोपपछि यस बिषयमा ग्राहकको विश्वास जित्न कठीन भएको थियो ।
“के गोसन, जसलाई फ्रान्समा ‘ले कोस्ट किलर’ का नामबाट चिनिन्छ, ले आफ्नो कार्यकालमा व्यापक मूल्य कटौति गरी पठाउने शिलशिलामा सम्भवतः परीक्षणमा त्रुटी भएको हो,” होन्डाले बताउनुभयो ।
उहाँले थप्नुभयो, “हामीले गत बर्षको र पछिल्लो परीक्षण समस्या एउटै हो वा होइन यसबारे अध्ययन भइरहेको छ ।”
निशानका अध्यक्ष रहेकै समय आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका गोसन र एक अर्का अधिकारीलाई कम्पनीले जिम्मेवारीबाट मुक्त गरेको छ । यद्यपि गोसनले आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै यसको खण्डन गर्दै आउनुभएको छ । रासस/एएफपी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस