Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको नयाँ शाखा कास्कीको घान्द्रुकमा

सोमबार, २४ मंसिर २०७५, १५ : ०१ मा प्रकाशित

ज्योति विकास बैंकको नयाँ शाखा कास्कीको घान्द्रुकमा

अर्थ संसार, काठमाडौ– ज्योति विकास बैंक लिमिटेडले कास्की जिल्लाको घान्द्रुकमा सोमबारदेखि नयाँ शाखा संचालनमा ल्याएको छ । 

अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष कुमार गुरुङ्ग तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबिच  संयुक्त रुपमा उद्घाटन गर्नुको छ ।

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत  सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM  संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।  

सिफारिस

ज्योति विकास बैंकको नयाँ शाखा वालिङ र तानसेनमा

ज्योति विकास बैंकको नयाँ शाखा सल्यानको कपुरकोटमा

ज्योति विकास बैंकको नयाँ शाखा कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा

ज्योति विकास बैंककोे एकै दिन ४ नयाँ शाखा संचालनमा

ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको