अर्थ संसार, काठमाडौं– कञ्चन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ११.२९ प्रतिशत लाभांश दिने भएको छ ।
यस अघि असोज ४ गते बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र ६.२९ प्रतिश नगद लाभांश दिने निर्णय नियमन निकाय नेपाल राष्ट्र बैंकमा सिफारिस गरेको थियो ।
राष्ट्र बैंकबाट पनि मंसिर २५ गते स्वीकृति आएपछि उक्त लाभांशपारितको लागि आगामि पुष २१ गते वार्षिक साधारणसभा गर्ने भएको छ । यसका लागि पुष १२ गते एक दिन शेयर दाखिला खारेज बन्द हुने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस