अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडबीच सहकार्य सम्झौता भएको छ ।
बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्ुाशिल कुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गर्नुभयो ।
यस बैंकका ग्राहकहरुले बैंकको ब्त्ः ऋबचम देखाई र बैंकका कर्मचारीहरुले बैंकको क्ष्मभलतष्तथ ऋबचम देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।
हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा ब्त्ः मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ब्त्ः संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस