Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकका ग्राहक र कर्मचारीले स्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट

सोमबार, ०२ पुस २०७५, १० : ५५ मा प्रकाशित

ज्योति विकास बैंकका ग्राहक र कर्मचारीले स्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेड र स्टार हस्पिटल, सानेपा हाइट, ललितपुरबीच सहकार्य सम्झौता भएको छ ।

बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका तर्फबाट  सिइओ डा. सन्देश जि.सि.ले हस्ताक्षर गर्नुभयो ।  यस बैंकका ग्राहकहरुले बैंकको ATM  देखाई र बैंकका कर्मचारीहरुले बैंकको Identity Card   देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।  

 हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत  सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM  संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको