अर्थ संसार, काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको छ । बैंकको ३२ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई गरेको १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लभांश दिने प्रस्ताव अघि सारेको हो ।
बैंकले पुस २९ गते आह्वान गरेको ३२ औं वार्षिक साधारण सभामा सो प्रस्ताव गरिएको छ । बैंकले राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान १० बजे सभा बोलाएको छ ।
साथै बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सेवा प्रदान गर्ने व्यवस्था गर्नका लागि बैंकको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव सभामा गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस