Like us!
Follow us!
Connect us!
Watch us!

काबेलीले ३५ प्रतिशत शेयर लाभांश दिने

बुधबार, ०४ पुस २०७५, १४ : ४९ मा प्रकाशित

काबेलीले ३५ प्रतिशत शेयर लाभांश दिने

अर्थ संसार, काठमाडौं– काबेली विकास बैंकले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयर लाभांश वितरण गर्न लागेको हो ।

बैंक सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त शेयर लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ ।

बैंकको हाल कायम रहेको रु २१ करोड पाँच लाख ९० हजार ४०० शेयरपूँजीको ३५ प्रतिशत रु सात करोड सैतीस लाख छ हजार ६४० को शेयर लाभांश प्रदान गर्न लागेको हो । शेयर लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी रु २८ करोड ४२ लाख ९७ हजार ४० पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको