Like us!
Follow us!
Connect us!
Watch us!

दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा

विहीबार, ०५ पुस २०७५, ०८ : २९ मा प्रकाशित

दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा

अर्थ संसार, काठमाडौँ - कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आज यहाँ आयोजित समारोहमा उक्त कार्यालयको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले बैंकको सम्पर्क कार्यालय स्थापनासँगै नेपाल र कतारबीच व्यापारिक सम्बन्ध विस्तारमा मद्दत पुग्नुका साथै नेपालमा कतारी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको कतार भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताउनुभयो । उद्घाटन समारोहमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, राष्ट्र बैंकका डेप्युटी गभर्नर द्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, नेपालका लागि कतारका राजदूत युसुफ बिन अहमद हेल तथा कतारका लागि नेपाली राजदूत रमेश कोइराला र नेपालका संस्कृतिक राजदूत प्रसीद्ध सिने कलाकार दया प्रदालगातको उपस्थिती थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको