Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक र सिदार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीबीच सम्झौता

विहीबार, ०५ पुस २०७५, १३ : ०० मा प्रकाशित

ज्योति विकास बैंक र  सिदार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीबीच सम्झौता

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी प्राइभेट लिमिटेडबीच सहकार्य सम्झौता भएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा संजालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

त्यस संस्था अन्तर्गत होटेल कैलाली सिद्घार्थ,टिकापुर, कैलाली, पिस सिद्घार्थ कटेज रेस्टुरेन्ट,र भिऊ होटेल  सिद्घार्थ, नेपालगन्ज, सिद्घार्थ रिसोट, चिसापानी, कैलाली, सिद्घार्थ रिभर साइड रिसोट, चुम्लिङ्गटार, चितवन, सिद्घार्थ कटेज रेस्टुरेन्ट, बुटवल, होटेल सिद्घार्थ, सुन्धारा, काठमाण्डौं, सिद्घार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रा. लि., तिनकुने, काठमाण्डौं आदि गरि हाल १८ वटा होटेल तथा रेस्टुरेन्टहरु संचालनमा छन् । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा ज्यू र त्यस संस्थाका तर्फबाट  कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गर्नुभयो । यस बैंकका ग्राहकहरुले बैंकको  ATM Card देखाई र बैंकका कर्मचारीहरुले बैंकको Identity Card देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।  

हाल बैंकले ८३ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ७ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM  संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको