Like us!
Follow us!
Connect us!
Watch us!

बीसीजी खोप लगाउँदा एक महीने शिशुको मृत्यु

शुक्रबार, ०६ पुस २०७५, ०९ : ०६ मा प्रकाशित

बीसीजी खोप लगाउँदा एक महीने शिशुको मृत्यु

अर्थ संसार, इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महीने शिशुको बिहीबार मृत्यु भएको छ ।

खोपका कारण स्थानीय शिवु खत्वेको एक महीने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाउनुभएको थियो ।

खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । शिशुको मृत्यु भएपछि पीडित परिवारसहित आक्रोशित स्थानीयवासीको भीडले स्वास्थ्यचौकीमा नाराजुलुस गर्नाका साथै स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेका थिए । खोप लगाउने स्वास्थ्य स्वयंसेविका ढकाललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकोे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको