अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले विहीबारदेखि लागू हुने गरी विशेष मुद्दती योजना बन्द गरेको छ ।
विगत केही समय देखि देखिएको बजारको तरलता अवस्थालाई मध्येनजर गरी यस बैंकद्वारा लागु गरिएको बार्षिक १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त गर्ने बिशेष मुद्दती योजना बन्द गरिएको बैंकले जनाएको छ ।
अत्यन्त उत्साहका साथ यस योजनामा सहभागी जनाउनुहुने ग्राहक महानुभावहरु प्रति आभारी हुदै हार्दीक धन्यबाद बैंकले दिएको छ । साथै हाम्रा अन्य बचत योजनाहरु यथावत रहेका बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस