Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको बैकुन्ठेमा

शनिबार, ०७ पुस २०७५, ०९ : ३३ मा प्रकाशित

एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको बैकुन्ठेमा

अर्थ संसार, काठमाडौं-नीजि क्षेत्रको सवै भन्दा ठूलो बैंक एनआईसी बैंकले नयाँ शाखा भोजपुरस्थित बैकुन्ठेमा शुक्रबार खोली कारोबार सुरु गरिएको छ ।

नयाँ शाखा कार्यालय रामप्रसाद राई गाउँ पालिका वडा नं ६, भोजपुरस्थित बैकुन्ठे शाखाको रामप्रसाद राई गाउँपालिका प्रमुख विजय राईबाट भव्य समारोहकाबिच समुद्घाटन  गर्नु भएको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१२ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४५ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचानबनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

5c1db51cc04c5.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको