अर्थ संसार, काठमाडौं– सिर्जना फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई २४.५० प्रतिशत लाभांश दिने भएको छ । लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत समेत पाइसकेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर ९.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।
उक्त लाभांश यही पुष २८ गते हुने वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् । साथै, पुष १३ गतेदेखि पुष २८ गतेसम्म बुक क्लोजको मिति तोकिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस