Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको नयाँ शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

आइतबार, ०८ पुस २०७५, १८ : २५ मा प्रकाशित

एनआईसी एशिया बैंकको नयाँ शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंकले दुई नयाँ शाखा आइतबार उत्घाटन गरेको छ । बैंकले  सुनसरीको इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोक स्थित इनरुवा शाखाको इनरुवा नगरपालिकाका मेयर  राजन मेहताबाट तथा बराह क्षेत्र १०, सुनसरी स्थित प्रकाशपुर शाखाको बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनालले  भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भएको हो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुक भर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब तथाकर्जा रू. १५५ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

5c1f82e4e161e.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको